१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जनमत पार्टीका ६ जना कार्यकर्ता पक्राउ


169
Shares

काठमाडौं, माघ २० । जनमत पार्टी महोत्तरीका ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारले किसानको माग नसुनेको भन्दै पूर्व–पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका कार्यकर्तालाई बर्दिबासबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतोसहित रहेको इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास–६ का विनोदकुमार महतो, बलवा नगरपालिका–६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका–१ का वडाध्यक्ष वीरेन्द्र महतो रहेका छन् ।