
काठमाडौं, माघ २० । एनसेलले मोबाइल डाटाका विभिन्न समयसीमा भएका टाइम प्याक ल्याएको छ ।
एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको हो ।
जसमा ग्राहकले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डाटा सेवालिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात १ घन्टा समयावधी भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ र आफ्ना ग्राहकलाई उनीहरुको आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन यी थप दुई नयाँ डेटा प्याक ल्याएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्