
फाइल तस्बिर
काठमाडौं, माघ २० । परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा नेकपा एमाले निकट अनेरास्ववियुले कालो झण्डा देखाएका छन् ।
गृहजिल्ला पुग्नुभएका परराष्ट्रमन्त्री खड्कालाई अनेरास्ववियुका विद्यार्थीले मदन भण्डारी लोकमार्गको त्रियुगा अस्पतालमा कालो झण्डा देखाएका हुन् ।
कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
परराष्ट्रमन्त्री डा.खड्का त्रियुगा नगरपालिका–८ स्थित अम्बेरसिंह जनता माध्यमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गर्न उदयपुर जानुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्