
काठमाडौं, माघ २० । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघले इन्धनको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।
महासंघले बिहीबार विज्ञप्ति जारी गरेर कोरोना महामारीका कारण व्यवसाय सञ्चालन गर्न नसकेको अवस्थामा इन्धनको मूल्यवृद्धिले झन समस्या भएको जनाएको छ ।
गत वर्ष पनि लामो समय सवारीसाधन बन्द रहँदा बैंकको ब्याज र किस्ता तिर्न समस्य भएकाले तत्काल मूल्य वृद्धिको निर्णय फिर्ता लिन महासंघले आग्रह गरेको हो ।
प्रतिक्रिया दिनुहोस्