१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणहिटीका जिर्ण गाडी मर्मत गर्न मन्त्री आलेको निर्देशन


2.665k
Shares

काठमाडौं, माघ २० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जिर्ण भएका संरचना मर्मत सम्भार गर्न निर्देशन दिनुभएको छ ।

दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालयमा जिर्ण अवस्थामा रहेका संरचनाको मर्मत सम्भार र त्यहाँ रहेका पुराना गाडी मर्मत गरी रङरोगन गरेर राख्न निर्देशन दिनुभयो ।

बतास समुहलाई नारायणहिटी दरबार संग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार भइसकेको उहाँको भनाई छ ।