२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

म्यानपावर कम्पनी वर्गीकरण गर्न कार्यदल गठन


182
Shares

काठमाडौं, माघ २० । सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्न कार्यदल गठन गरेको छ ।

वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन यसो गर्न लागिएको जनाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यबिधि तयार गर्न मन्त्रालयका सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको निजी सचिवालयले जनाएको छ । हाल मुलुकमा ८ सय ६० म्यानपावर कम्पनी दर्ता छन् ।