
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोमा हत्याको ५२ दिनपछि बिहीबार घरछेउमा गाडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।
प्रमोद थापामगरको घरपछाडि तेह्रथुमका मोहन लिम्बूको शव फेला परेको हो । मोरङको धनपालथान गाउँपालिका– ७ स्थित उखुबारीमा माघ दोस्रो साता मृत भेटिएका दुई व्यक्तिको हत्या गर्ने समूहबाटै लिम्बूको पनि हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ ।
हत्यामा भारतीय नागरिक पनि प्रयोग भएका हुन सक्छन् स् एसएसपी वसन्त कुँवर, प्रमुख, अपराध अनुसन्धान महाशाखा सात दिनअघि मोरङको उखुबारीमा दुई शव गाडिएको अवस्थामा फेला परेको घटनाबारे मोरङ प्रहरी र महाशाखाको टोलीले अनुसन्धान गर्दै थियो । यही क्रममा एकजना पक्राउ परे ।
उनले थेचोमा गाडिएको शवबारे बताए । खनेर हेर्दा शव पनि भेटियो । दुवै हत्यामा एकै समूह संलग्न रहेको निष्कर्षमा हामी पुगेका छौँ । घटनामा पाँचदेखि ६ जना सहभागी रहेको देखिन्छ । हत्यामा भारतीय नागरिक पनि संलग्न रहेको संकेत मिलेको छ । हामी विस्तृत अनुसन्धान गरिरहेका छौँ ।
१२ र १३ माघमा धनपालथान बोर्डिङ टोलस्थित उखुबारीमा सुनसरी धरान उपमहानगरपालिका– ३ का राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिका– ४ का शम्भु चौधरीको शव फेला परेको थियो ।
मोरङ हत्या अनुसन्धानका क्रममा पक्राउ परेका अनिलकुमार मण्डलले दिएको बयानकै आधारमा थेचोमा गाडिएको शवबारे प्रहरीले थाहा पाएको हो ।
अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जिल मुकारुङ नेतृत्वको टोलीको संयुक्त प्रयासमा अनिलकुमार काठमाडौंबाट पक्राउ परेका थिए ।
पक्राउपछि उनलाई अनुसन्धानका लागि बिहीबार बिहान मोरङ जिल्ला प्रहरी कार्यालय लगिएको थियो । बयानका क्रममा उनले थेँचोमा पनि शव गाडिएको बताएका थिए ।
नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस्