१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा


143
Shares

काठमाडौं । आयोजक क्यामरुनलाई पेनाल्टी सुट आउटमा हराउँदै इजिप्ट अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

क्यामरुनको याउन्डेमा गएराति भएको सेमिफाइनल खेलमा इजिप्ट टाई ब्रेकरमा ३–१ ले विजयी भयो ।

निर्धारित समय र अतिरिक्त समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल टाई ब्रेकरमा पुगेको हो । टाई ब्रेकरमा मोहम्मद सलाहको इजिप्टले बाजी मा¥यो ।

इजिप्टले अब आइतवार हुने फाइनलमा सेनेगलको सामना गर्नेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुर्किना फासोलाई ३–१ ले हराउँदै सेनेगल फाइनलमा पुगेको हो । फाइनल खेललाई लिभरपुलका दुई स्टार खेलाडीहरु सलाह र साडियो मानेको भिडन्तको रुपमा हेरिएको छ ।

इजिप्टले सर्वाधिक ७ पटक अफ्रिका कप जितेको छ भने सेनेगलले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।