६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


हतियारसहित भारतीय प्रहरी नेपाल प्रवेश


1.066k
Shares

बर्दियामा । बर्दियामा हतियारसहित भारतीय प्रहरी नेपाल प्रवेश गरेका छन ।

बिहिवार बेलुकी भारतीय प्रहरीका उपरीक्षक बर्दिया सदरमुकाम गुलरियामा प्रवेश गरेका हुन् । यूपी ५३ डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका उनले पेस्तोल बोकेका थिए ।

उनी बर्दियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर फर्किएको स्थानीयले बताएका छन् । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोस्ट छिचोल्दै नेपालभित्र प्रवेश गर्दा उनलाई जाँचसमेत गरिएको छैन ।

प्रहरी पोशाकमाथि ज्याकेट लगाएका उनी कुन प्रयोजनका लागि आएका हुन् भन्नेबारे प्रहरी प्रशासन अहिलेसम्म बेखबर छ । यस सम्बन्धमा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो । ६ वर्षअघि पनि भारतीय प्रहरी हतियारसहित गुलरिया प्रवेश गरेका थिए ।

त्यसबेला मञ्जुलकुमार श्रेष्ठको घरबाट दुई जनालाई हतियार देखाउँदै अपहरण गरी लैजाने बेला स्थानीयले विरोध गरेका थिए ।