१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपालमा प्रत्येक वर्ष क्यान्सरबाट १३ हजार भन्दा बढीको मृत्यु


182
Shares

काठमाडौं । क्यान्सर रोगीलाई हेरचाह बढाउन आव्हान गर्दै नेपालमा पनि आज विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । क्यान्सरका विषयमा जनचेतना फैलाउने उद्धेश्यसहित २१ वर्षदेखि फेबु्रअरी ४ तारिखका दिन यो दिवस मनाउने गरिएको हो ।

उपचारको खाडल बन्द गराऔं भन्ने नारासहित यस वर्ष यो दिवस मनाईदै छ । नेपालमा प्रत्येक वर्ष क्यान्सरवाट १३ हजार बढी व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ ।

नसर्ने रोगहरु मध्ये क्यान्सरका कारण नेपालमा बर्षेनी धेरैले ज्यान गुमाउने गरेका छन् । जीवनशैली, खानपान र वशांणुगत कारणले धेरै मानिसमा क्यान्सर देखिने गरेको चिकित्सकहरु बताउँछन् ।

समयमा नै पहिचान हुन सक्ने हो भने पूर्ण रुपमा निको हुने क्यान्सर धुम्रपान, मद्यपानका कारण सबै भन्दा बढी देखिने गरेको छ । नेपालमा हाल ४० बर्ष माथि उमेर समूह देखि नै क्यान्सर रोग नै देखिने चिकित्सकहरु बताउँछन् ।

तर नेपालमा हाल कति क्यान्सररोगी छन् भने एकिन तथ्याक नभए पनि अबूर्द रोग निवारण संस्थाले झन्डै ६० हजार क्यान्सर रोगी रहेको जनाएको छ ।

५ वर्ष यता भने ४३ हजार व्यक्तिले पूर्ण रुपमा क्यान्सर रोग जितेको बताइन्छ । कोरोना संक्रमणका कारण २ बर्ष भने विरामीको संख्यामा केही कमी आएको देखिएता पनि क्यान्सररोगीको संख्या बढ्ने क्रममा रहेको वीर अस्पतालको अङ्कोलोजी विभाग प्रमुख डा. विवेक आचार्यले बताउनुभयो ।

युवा अवस्थामा धुम्रपान , मद्यपान सेवन गर्ने हुदा क्यान्सरका बिरामीको संख्या घट्न नसकेको उहाँले बताउनुभयो ।

क्यान्सर सुरुवाती चरणमा पत्ता लाग्न समस्या हुन्छ भने लक्षण देखिदासम्म दोस्रो तेस्रो चरणमा पुगिसकेको हुन्छ । जति क्यान्सर अन्तिम चरणमा पुग्छ , निको हुने दर उति नै कम हुन्छ ।

जसमा घाटीँको र महिनाहरुको स्तनको क्यान्सर भने पहिलो चरण नै थाहाँ पाउन सकिने हुदा लक्षण चिन्न डा. आर्चाय आग्रह गर्नुहुन्छ । यस्तै ३० बर्ष उमेर माथिका सबैले क्यान्सर स्क्रीनिङ् गर्न डा. आर्चाय सुझाव दिनुहुन्छ ।

मानिसको शरीरको जिनमा विकृति आयो भने क्यान्सर रोग लाग्छ । ५ देखि १० प्रतिशत क्यान्सर रोग वंशाणुगत देखिने गर्छ । हाल नेपालमा फोक्सो, स्तन र महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिने गरेको छ । पहिलो समय जनचेतना बढ्दा बढ्दै पनि किन कम हुन सकेन क्यान्सरको प्रकोप ?

विश्वको दोस्रो घातक रोगको रुपमा रहेको क्यान्सर स्वस्थकर खानेकुरा खाने, परिवारको सदस्यमा क्यान्सर देखिएको छ भने अन्य व्यक्तिले समय समयमा परीक्षण गर्दा पनि केही हदसम्म यसको रोकथाममा सहयोग पुग्ने चिकित्सकहरुको निष्कर्ष छ ।