२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनी प्रदेशमा २३ हजार बढि हेक्टर क्षेत्रफलमा बालीगत बस्तु बिस्तार


78
Shares

बुटवल । गएको पाँच वर्षमा लुम्बिनी प्रदेशमा २३ हजार दुई सय ९८ हेक्टर क्षेत्रफलमा विभिन्न बालीगत वस्तु बिस्तार भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत प्रदेशमा रहेका पाँचवटा सुपर जोन र २७ वटा जोनका कार्यक्रमबाट क्षेत्र बिस्तार भएको हो ।

३० हजार पाँच सयवटा बाख्रा र १३ हजार चार सयवटा मौरीका घार थपिएका छन् । सुपर जोन अन्तर्गत मकै, माछा, धान र कफी खेती भैरहेको छ । जोन तर्फ गहुँ, केरा, तरकारी, माछा, सुन्तला, अदुवा, बेसार, तोरी, आलु र ओखर खेती तथा बाख्रा र मौरी पालन भएको छ ।

नविनतम प्रविधिको प्रयोग र आधुनिकीकरणले उत्पादन र उत्पादकत्वमा वृद्धि भएको परियोजनाका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले जानकारी दिनुभयो । परियोजनाले हरेक वर्ष जोन र सुपरजोनमा व्यवसायिक किसानसँगसँगै क्षेत्र बिस्तार गरिरहेको उहाँले बताउनु भयो ।

परियोजनाले बीज वृद्धि कार्यक्रम सञ्चालन गरेपनि स्वदेशी हाइब्रिड बीउ बजारमा सहजै उपलब्ध नभएको र यसले स्वीकृत नभएका भारतीय बीउमा परनिर्भरता बढाएको किसानहरुको गुनासो छ ।