५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


भारतमा घट्दै कोरोना संक्रमण


312
Shares

काठमाडौं । भारतमा अहिले कोरोनाका नयाँ संक्रमितको संख्या घट्दै गएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा १ लाख ४९ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार १ लाख ७२ हजार ४३३ जना र बुधबार १ लाख ६१ हजार ३ सय ८६ जना नयाँ संक्रमित थपिएका थिए ।

यस बीचमा २ लाख ४६ हजार ६ सय ७४ जना संक्रमित निको भएका छन् । हालसम्म भारतमा कोभिडबाट निको हुनेको संख्या ४ करोड १७ हजार ८८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप १ हजार ७२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोनाका कारण ५ लाख ५५ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले १४ लाख ३५ हजार ५ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा १६ लाख ११ हजार ६ सय ६६ जनाले कोरोना परीक्षण गरेका थिए ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सरकारले खोप अभियान पनि तीव्र पारेको छ । भारतमा अहिलेसम्म १६८.४७ करोडले पूर्ण खोप लगाएका छन् ।