
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका वडा सदस्यले सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडा सदस्यले वसन्त महर्जनले सेवाग्राहीसँग २ लाख लिएको भन्दै मुद्दा दायर गरेको हो ।
वडा सदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण–पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिन भन्दै सेवाग्राहीसँग उक्त रकम लिईसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
महर्जनलाई अख्तियारको टोलीले गत भदौ २१ गते दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।
वडा सदस्य महर्जनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को अनुसार बिगो मागदाबी सहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्