
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ
। शुक्रबार बबरमहलस्थित वन परिसरमा सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले बिरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा महासंघकी केन्द्रिय अध्यक्ष भारती पाठकले समुदायले संरक्षण गरेको स्रोतलाई संघीय सरकारले आफ्नो नियन्त्रणमा लिने मध्येयबाट नियमावलीको प्रस्ताव ल्याएकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको बताउनु भयो ।
संघकी केन्द्रीय अध्यक्ष भारती पाठकले प्रदेश र संघीय सरकारले सामुदायिक वनको अधिकारलाई नियन्त्रण गर्ने गरी ऐनहरु ल्याएकोप्रति महासंघको ध्यानाकर्षण भएको बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्