
संखुवासभा, माघ २१ । संखुवासभाको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ ।
तीन दिनदेखि लगतार भएको हिमपातका कारण भोटखोला क्षेत्र, किम्माथांका क्षेत्रमा आवतजावत समस्या भएको छ ।
चीनसँग जोडिएको नाका भएका कारण किम्माथांकाबाट चीन तिर जाने सडक र सदरमुकाम खाँदवारी आउने सडक अवरुद्ध भएको स्थानीयबासिन्दा पेम्वा नावाले बताउनुभयो ।
हिमपातका कारण चारफिटसम्म हिउँ जम्दा जनजीवन कष्टर बनेको छ । हिमाली क्षेत्रको छुम्सुर, रिदाक, हुङ्गुङ क्षेत्रमा हिउँ पर्न नरोकिएकाले बालबालिका, ज्येष्ठ नागरिकलाई बढी मर्कामा परेका छन् ।
अन्नबाली हिउँले छोपेका कारण खाद्यान्न संकट पर्ने देखिएको नावाले बताउनुभयो । कतिपय कच्ची घरमित्रै हिउँ पस्दा दाउरा बालेर आगो ताप्न समेत समस्या भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्