
काठमाडौं । धनुषामा रुखले किचेर दुई बालबालिकाको मृत्यु भएको छ ।
सबैला नगरपालिका–१२ स्थित फकिरचन उच्च माविको प्राङगणमा रहेको भिस (मसाला) को रूख हावाहुरीको कारण शुक्रबार दिउँसो भाचिँएर किचिँदा दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रूखले लाग्दा सोही ठाउँ बस्ने महेन्द्र सादाकी छोरी ८ वर्षीया प्रतिमा कुमारी सादाको घटनास्थलमै मृत्यु भएकाे हाे ।
यस्तै गम्भीर घाइते भएका सोही ठाउँ बस्ने चन्देश्वर सादाको छोरा ७ वर्षीय अरबिन्द सादाको उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्