१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतमा सोमबारबाट शैक्षिक संस्था खुल्दै


416
Shares

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कोभिड संक्रमण बढेपछि बन्द गरिएका सम्पूर्ण बिद्यालय र कलेजहरु आगामी सोमबारदेखि खुल्ने भएका छन् ।

भारतीय प्रकोप व्यवस्थापन विभागको शुक्रबार बसेको बैठकमा विद्यालय, कलेज र शैक्षिक संस्था खुल्ने निर्णय भएको हो ।

दिल्लीका उप–मुख्यमन्त्री मनिष सिसोदियाले खोप नलगाएका विद्यार्थीले कक्षामा प्रवेश गर्न नपाउने जानकारी दिनुभएको छ । यीबाहेक नयाँ दिल्लीका जिम, स्विमिंग पूलहरु पनि आगामी सोमबारबाट खुल्ने भएका छन् ।

कोरोनाको तेस्रो लहरको जोखिम रोक्न लगाइएको रात्रिकालीन कर्फ्युको अवधि भने एक घण्टाले घटाउँदै अहिले बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म कायम गरिएको छ ।