
बैतडी, माघ २१ । हिमपातका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग सुचारु भएको छ ।
डडेल्धुरा जोड्ने दशरथचन्द राजमार्ग र दार्चुला जोड्ने महाकाली राजमार्ग सुचारु भएका हुन् ।
भारी हिमपातका कारण बिहीबार अपरान्हदेखि अवरुद्ध रहेका यी दुवै राजमार्ग शुक्रबार दिउँसोपछि सञ्चालनमा आएका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनभयो ।
सडक डिभिजन कार्यालयका चारवटा जेसिवी र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीको सहयोगमा राजमार्ग सञ्चालनमा ल्याइएका हुन् ।
प्रतिक्रिया दिनुहोस्