
काठमाडौं, माघ २१ । सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ ।
शुक्रबार चितवनको इच्छाकामना गा.वि.स.७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।
प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियता बिहीन भएर बस्नुपरेको अवस्थालाई मध्यनजर गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताउनुभयो । मन्त्री श्रेष्ठले यसअघिका सरकारले जग्गाधनीहरुलाई लालपुर्जा उपलब्ध गराउने काम प्राथमिकतामा नराखे पनि अहिलेको सरकारले जग्गाधनीहरुलाई लालपुर्जा दिने काम पहिलो प्राथमिकतामा राखेको दाबी समेत गर्नुभयो ।
कार्यक्रममा जग्गाधनीको प्रमाणपत्र पाएकाहरुले खुशी व्यक्त गरेका छन् । अहिलेसम्मका कुनै पनि सरकारले आफूलाई नेपाली नागरिक नै नठाने पनि वर्तमान सरकारले जग्गाधनी प्रमाणपत्र वितरण गरेर आफ्नो अधिकार दिलाएको भन्दै उनीहरुले खुशी व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्