१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२४औं शीतकालीन ओलम्पिकको बेइजिङमा भव्य उद्घाटन


91
Shares

काठमाडौं । चीनमा २४ औ शीतकालीन ओलम्पिकको भब्य कार्यक्रमबीच उद्घाटन भएको छ ।

कार्यक्रममा खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलन लगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको थियो । २४ औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलगायत अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्ति समारोहमा सरिक भएका थिए ।

समारोहमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित २१ भन्दा बढी मुलुकका नेता पनि उपस्थित भएका थिए । मधुर बत्तीहरूको प्रकाशसँगै २४ सेकेण्ड गन्ती गरी भव्य सजावट सहितको उद्धघाटन समारोह सुरू गरिएको थियो ।

अमेरिका, केही पश्चिमा देशसँगै भारतले विभिन्न कारण देखाउँदै कुटनीतिक रुपमा बहिस्कार गरेका छन् ।