
फाइल तस्वीर ।
पाल्पा । पाल्पाको तानसेनमा एक मजदुर मृत अवस्थामा भेटिएका छन् ।
तानसेन नगरपालिका–२ बडिज्ञानटोलमा भाडामा बसी ज्याला मजदुरी गर्दै आएका ३८ वर्षीय बसन्त गिरीकाे शव तानसेन–गुल्मी पक्की सडकखण्डकाे दाहिने भित्तामा घाेप्टाे परेकाे अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
शनिबार विहान ८ बजेको समयमा प्रहरी गस्ती टोलीले शव फेला पारेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिनुभयाे ।
प्रतिक्रिया दिनुहोस्