
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
माघ २१ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार माघ २ र ३ गते सञ्चालन भको ग्रेडवृद्धि (पूरक) परीक्षार्थीको परीक्षाफल प्रकाशित गरिएको बोर्ड परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
ग्रेडवृद्धि परीक्षामा सम्मिलित ४२ हजार ४७ मध्ये ४ जनाको परीक्षा रद्द भएको छ भने बाँकी परीक्षार्थीको नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ ।
ग्रेडवृद्धिको नतिजा बोर्ड र नेपाल टेलिकमको वेबसाइटका साथै नेपाल टेलिकमको १६०० मा एसएमएस र १६०१ नम्बरमा डायल गरेर प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्