१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओरालो लाग्याे कोरोना संक्रमणदर, प्रभावकारी भएन जोरविजोर प्रणाली


468
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केहि दिनयता कोरोना संक्रमणदर ओरालो लाग्न थालेको छ ।

नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएपछि सन्त्रासको वातावरण बनेको थियो । केही दिनमा नै निको हुने हुनाले नेपालमा केही दिन अघिसम्म उच्च विन्दुमा पुगेको संक्रमणदर अहिले ओरालो लाग्न थालेको हो ।

सरकारले कोरोना संक्रमण दर नियन्त्रणका लागि माघ पहिलो हप्ताबाट सार्वजनिक तथा निजी सवारीमा जोरविजोर प्रणाली लागू गरेको थियो ।

कोरोना संक्रमणदर घट्न थालेपछि भने कोरोना नियन्त्रण तथा व्यवस्थापन केन्द्र (सिसिएमसि) ले माघ दोस्रो हप्ता पुनः अर्काे निर्णय गरी सार्वजनिक सवारीमा जोरविजोर प्र्रणाली हटाएको थियो ।

तर, सरकारको यस्तो प्रयासबाट मात्रै कोरोना संक्रमण नियन्त्रण नहुने सवारी चालकहरू बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ७ सय जना सक्रिय संक्रमित फेला परेका छन् । जबकी १० दिन अघिसम्म दैनिक ६ हजार ७ सय बढि संक्रमित भेटिएका थिए ।

नेपालमा हालसम्म पूरा डोज खोप लगाउने ५० प्रतिशत हाराहारी पुगेका छन् । यस्तो अवस्थामा कोरोना संक्रमणदर कम गर्न जोरविजोर प्रणाली भन्दा पनि खोपको पहँुचमा सहजता हुुनुपर्ने आमनागरिकको भनाइ छ ।

जोरविजोर प्रणालीको मारमा दैनिक काम गरेर खानुपर्ने वर्ग मात्रै पर्ने गरेको नागरिकको अलग गुनासो छ । कोभिड नियन्त्रणका लागि कि पूर्ण रूपमा सबै क्षेत्र बन्द हुनुपर्ने, कि भने स्वास्थ्य मापदण्डको पालना गरेर जोरविजोर प्रणाली हटाउनुपर्ने उनीहरूको माग छ ।

कोभिडको महामारी नियन्त्रणमा सरकार, जनता र सबैको भूमिका उत्तिकै रहन्छ । तसर्थ सबै सचेत बनौं, स्वस्थ समाज निर्माणमा सहयोग पुर्‍याऔं । अहिलेको आवश्यकता र समयको माग यही हो ।