१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


अफ्रिकाको मोरक्कोमा एक खाडलमा खसेका बालकको मृत्यु


273
Shares

काठमाडौं । उत्तरी अफ्रिकाको मोरोक्कोमा एउटा गहिरो खाडलभित्र विगत ४ दिनदेखि फसेका बालकको मृत्यु भएको छ ।

मोरक्कमा भएको सो घटनामा उद्धारकर्ताले रातभर व्यग्रताका साथ प्रयास गरे पनि बालकलाई बचाउन भने सकेनन् । रायन नामका ती बालक ३२ मिटर गहिरो खाडलमा फसेका थिए ।

चार दिन अघि खसेका उनलाई दिनरात गरेर उद्धार गर्ने प्रयास गरिएको थियो । उत्तरी अफ्रिकाको सो घटनाले विश्वकै ध्यान खिचेको थियो ।

गत मंगलवार साँघुरो खाडलमा क्यामरा छिराउँदा बालक जिवित देखेपछि उद्धारका लागि थप सक्रियता बढाइएको थियो । उद्धारकर्ताले बालकलाई माथिबाट अक्सिजन मास्क र खान समेत पठाएका थिए ।