
काठमाडौं । हिमाली जिल्ला मनाङमा भारी मात्रामा हिमपात भएपछि खोप अभियान स्थगित भएको छ ।
माथिल्लो मनाङ र नार्पाभूमि गाउँपालिकामा खोप अभियान चलिरहेकै अवस्थामा हिमपातका कारण खोप अभियान स्थगित भएको हो ।
यहाँ पछिल्लो पटक भएको हिमपात भारी मात्रामा रहेकाले अन्य कार्यक्रमहरु पनि प्रभावित रहेको र खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।
त्यस्तै, हिमपातका कारण जनजीवन पनि कष्टकर भएको छ । भारी मात्रामा हिमपात भएकाले जिल्लावासी तथा पर्यटकलाई घरबाट बाहिर ननिस्कन जिल्ला प्रसासन कार्यालय मनाङले आग्रह गरेको छ ।
पहाडी क्षेत्रमा वर्षा भएसँगै हिमाली जिल्लामा हिमपात भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्