१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय तह निर्वाचन मिति घोषणाको माग गर्दै युवा संघको विरोध, कार्यकर्ता प्रहरी नियन्त्रणमा


78
Shares

काठमाडौं, माघ २३ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै युवा संघ नेपालले आइतबार पनि विरोध प्रर्दशन गरेको छ ।

मूल्य वृद्धि फिर्ता र स्थानीय तहको मिति घोषणाको माग गर्दै आएको युवा संघले आइतबार सिंहदरबार छेउमा कालो बेलुन उडाएर विरोध गर्यो । संविधान विपरित स्थानीय तहलाई रिक्त बनाउने नियतका साथ सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरेपछि त्यसको विरोधस्वरुप आइतबार कालो बेलुन उडाएर विरोध गरेको युवा संघका निवर्तमान महासचिव रमेश आचार्यले जानकारी दिनुभयो ।

प्रर्दशनका क्रममा युवा संघ, नेपालमा आवद्ध आधा दर्जन नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा संघ, नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दवाव दिने भन्दै मन्त्रीलाई कालो झण्डा देखाउनेलगायतका सडक प्रर्दशनको कामलाई निरन्तरता दिँदै आएको छ ।