
काठमाडौं, माघ २३ । देशभर पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्