१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मेडिकल काउन्सिलको परीक्षामा ५५५ जना उत्तिर्ण


312
Shares

काठमाडौं, माघ २३ । नेपाल मेडिकल काउन्सिलले माघ २१ र २२ गते शुक्रबार र शनिबार सञ्चालन गरेको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ५५५ जना उत्तिर्ण भएका छन् ।

४८ विधाका विशेष परीक्षामा ७२३ जना परीक्षार्थीहरु सहभागी भएकोमा ५५५ जना उत्तिर्ण (७७ प्रतिशत) भएका छन् । सो परिक्षामा १६८ जना उनुत्तिर्ण भएका छन् ।

परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले ३५ दिनभित्र पूनर्योगका रु. १५ सय दस्तुर बुझाई आवेदन गर्न सक्ने छन् । काउन्सिलको इमेल लmअ२लmअ।यचन।लउ मार्फत आवेदन गर्न सक्नेछन् ।

परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीहरुले ३५ दिन भित्र विशेषज्ञ दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन गर्नुपर्ने छ ।