१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाने


286
Shares

काठमाडौं, माघ २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीको व्यवस्थापनका लागि आगामी साता युएई जानुहुने भएको छ ।

वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नागरिकको व्यवस्थापनका बिषयमा युएई सरकारसँग छलफलका लागि मन्त्री श्रेष्ठ युएई जान लाग्नुभएको हो ।

नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन मन्त्री श्रेष्ठले नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत साइद हमदान अल नाकीसँग आइतबार मन्त्रालयमा छलफल समेत गर्नुभयो ।

श्रेष्ठले रोजगारीको प्रलोभनमा यूएई गइ अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदुत साइदसँग आग्रह गर्नुभयो । राजदूत साइदले अलपत्र परेका नेपालीलाई युएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेहरुलाई पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठको युएई भ्रमणको क्रममा नेपाल-युएई संयुक्त समितिको वैठक पनि आयोजना हुनेछ ।