
web pic
बाजुरा, माघ २३ । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर– ६ बाम्का नजिकै मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अर्का एक जना घाइते भएका छन । फालासैनबाट बाम्का जादै गरेको मोटर साईकलमा सवार अछामका बल बहादुर सुनारको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मोटर साइकल अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यसै गरी त्रिबेणी नगरपालिका वडा न ४ का गगन साउँद घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते साउँदको अछाम बयालपाटा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्