
तस्बिर फाइल
काठमाडौं । काठमाडौँमा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहमा फाइजरको दोस्रो मात्रा खोप लगाउने भएकाे छ ।
काठमाडौं महानगरपालिकाले जिल्ला खोप समन्वय समितिसंग मिलेर फाइजरको दोस्रो मात्रा खोप लगाउन लागेको हो ।
त्यसका लागि महानगरपालिकाका ३२ वटै वडालाई निर्देशन दिइएको छ ।
महानगरपालिकाको स्वास्थ्य विभागका अनुसार हरेक दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुने छ ।
खोपकेन्द्र सम्बन्धित वडा कार्यालयले तोकेका विद्यालयहरुमा राखिएको छ ।
पहिलो मात्रा खोप लगाएको खोप कार्ड देखाएर दोस्रो मात्रा लगाउन सकिने पनि महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्