७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बुटवलमा ट्रकसँग कार ठोक्किदा ३ जनाको मृत्यु / २ जना घाइते


481
Shares

बुटवल । बुटवलको तामनगरमा रोकिराखेको ट्रकमा एउटा कार ठोक्किंदा ३ जनाको मृत्यु भएको छ ।

घटनामा २ जना गम्भीर घाईते भएका छन् । दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको उपचारका क्रममा लुम्विनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा गम्भीर घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।

मृतकको सनाखत हुन सकेको छैन भने घाइतेको पनि परिचय खुल्न बाँकी छ ।