३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


म्याग्दीमा नदी नियन्त्रणको काम अझै सुरु हुन सकेन


39
Shares

म्याग्दी । म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेका पश्चिम म्याग्दीका ७ स्थानमा नदी नियन्त्रणको काम अझै सुरु हुन सकेको छैन ।

कटान नियन्त्रणको काम सुरु नहुँदा जोखिममा परेका स्थानीय चिन्तित बनेका छन् । बेनी नगरपालिका बगरफाँट, दूधेखोला, सिंगा, तातोपानी, मसार, तोराखेत र मालिका गाउँपालिकाको दरबाङ बजार म्याग्दी नदीको उच्च जोखिममा रहेका छन् ।

नदी कटानको जोखिममा रहेका ठाउँहरुको संरक्षणमा कुनै चासो नदेखाइएको स्थानीयको गुनासो छ । यता, कालीगण्डकी नदी कटानका कारण जोखिममा परेको बेनी बजार संरक्षणको काम भने सुरु भएको छ ।

गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायक नदीले जिल्लाका धेरै स्थानमा कटान गरेको थियो ।