
काठमाडौं । संयुक्त राष्ट्रसंघले सिरियामा हालैको संघर्षका कारण कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय हुँदै गएको बताएको छ ।
राष्ट्रसंघको प्रतिवेदन अनुसार अमेरिका समर्थित कुर्द लडाकु र बिद्रोही समुह आइ.एस.आइ.एल.बीच भएको संघर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारिरीक स्थिती नाजुक बनेको हो ।
राष्टसंघीय बालकोष युनिसेफले सिरियाको उत्तरपुर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका लागि आफुहरु तयार रहेको जनाउँदै त्यसका लागि बातावरण मिलाइदिन अपील गरेको छ ।
युनिसेफका प्रतिनिधीहरुले हालै बालबालिकालाई राखिएको कारागारको भ्रमण गरी उनीहरुको अवस्थाबारे संयुक्त राष्ट्रसंघलाई जानकारी गराएको हो ।
सिरियास्थित हासाकेह कारागारमा हाल ३ हजार बढी कैदी बन्दी रहेकोमा ६ सय जना बालबालिका नै रहेका छन् । ती बालबालिका आफना अभिभावक सरह सजाय काट्न बाध्य भएको भन्दै युनिसेफले बिश्वको ध्यानाकर्षण गराएको छ ।
गत जनवरीमा केही बन्दीहरुले जेल तोडेर भाग्ने क्रममा छुटेका बालबालिकलाई बन्धन बनार्ईएको युनिसेफको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्