१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज मन्त्रिपरिषद् बैठक बस्दै,स्थानीय तह निर्वाचनको मिति घोषणाको सम्भावना


169
Shares

काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले आज दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो । बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणालगायत विषयमा छलफल हुने जनाइएको छ ।

हिजो कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराउनुभएको थियो ।

त्यसअघि, सत्तारुढ गठबन्धनको बैठकले पनि निर्वाचन आयोगको सिफारिस अनुसार नै चुनावको मिति घोषणा गर्नुपर्ने निर्णय गरेको थियो ।

आयोगले ४ जेठ २०७९ मा स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न शिफारिस गरिसकेको छ ।