
काठमाडौँ । साताको दोस्रो दिन सोमबार बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाल सुनको मूल्य तोलाको एक सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएकाे सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । आइतबार तोलामा सुन ९२ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला ९२ रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै सोमबार चाँदीको मूल्य आइतबार भन्दा ५ रुपैयाँले बढेको छ। सोमबार चाँदी १ हजार २ सय ५५ रुपैँयामा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्