
web pic
काठमाडौं, माघ २४ । संखुवासभाको खाँदबारी नगरपालिका-९ सभाखोलामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तुम्लिङटारबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश-२-०-३००१ ख ४३० नम्बरको ट्रक सभाखोलाको घुम्तीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि गोरखा नगरपालिका-४ घर भएका चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताउनुभयो । उहाँका अनुसार, मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्याएर फर्किने क्रममा सोमबार बिहान करिब ७ बजेतिर ट्रक दुर्घटनामा परेको हो ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याउने तयारी भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्