१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरकारले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिन्छ : ऊर्जामन्त्री भुसाल


182
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सरकार पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने तयारीमा रहेको बताउनुभएको छ ।

सोमबार विद्युतिय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापन पत्र लिँदै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।

उहाँले यस बारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा गम्भीर भएर सोच्ने बताउनुभयो ।

मन्त्री भुसालले सरकारले आफ्नो मन्त्रालयलाई यस बारेमा बजेट उपलब्ध गराएमा आफू सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

अनेरास्ववियूले विद्यार्थी, मजदुर र सामान्य परिवारका मानिसहरूमा निःशुल्क इन्डेक्शन चुलो पु¥याउन सरकारसँग माग गरेको छ ।

त्यसैगरी पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगमा योजनावद्ध रुपमा काम गर्न सरकारलाई आग्रह पनि गरिएको छ ।