
घोराही । जिल्ला प्रहरी कार्यालय दाङले ७ किलो ७७९ किलो चरेशसहित तीन दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम जिल्ला भुमे गाउँपालिका–९ चुनवाङ घर भइ हाल घोराही उपमहानगरपालिका नयाँ बसपार्कमा बस्ने ५० वर्षीय दल बहादुर कामी र रुकुमको भुमे गाउँपालिका–९ कै हाल घोराही उपमहानगरपालिका–१८ गिठेपानी बस्ने ५९ वर्षीय कर्णबहादुर पुन रहेका छन् ।
उनीहरूलाई आइतबार राति साढे ११ बजे दलबहादुर कामीको कोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
कामीले लुकाइछिपाइ कोठामा चरेश राखेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले प्लाष्टिकको बोरामा हरियो पोलिथिन भित्र लामो, चेप्टो पोका बनाएर राखेको अवस्थामा १६ वटा प्याकेट र ३ वटा मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कामी र पुनको बारेमा थप अनुसन्धान भइरहेको प्रमुख काफ्लेले जानकारी दिनुभयो । लागु औषध नियन्त्रण एन २०३३ अनुसार २ केजीदेखि १० केजी सम्मको परीणाम भए १ वर्षदेखि तीन वर्षसम्म कैद र ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिबाना हुने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्