
काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायालय सुधारको माग गर्दे गरिएको आन्दोलन जारी रहने जनाएको छ ।
न्यायपालिका सुधारका लागि सुरु गरेको आन्दोलनको एक सय दिन पुगेको अवसरमा सोमबार एशोसियसनको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मलनमा aबोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले माग पूरा नहुन्जेल आन्दोलन जारी रहने जनाउनुभएको हो ।
उहाँले आन्दोलनले एक सय दिन पूरा गरिसक्दासम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बारले न्यायपालिकाका विकृति, विङ्गति नियन्त्रणको लागि दिएका सुझावहरू कार्यान्वयन गर्न चासो नदिएको बताउनुभयो ।
उहाँले न्यायपालिका सुधारकै विषयमा गर्न लागिएको राष्ट्रिय सम्मेलनसम्म आन्दोलन जारी रहने र त्यसपछिका कार्यक्रम सम्मेलनले नै तय गर्ने बताउनुभयो । सम्मेलनमा न्यायपालिका सुधार सम्बन्धी न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमाथि पछि छलफल गरिने जानकारी उहाँले दिनुभयो ।
तीन वर्ष अगाडिदेखि नै न्यायपालिका भित्रको न्यायाधीश नियुक्तिको विषयदेखि न्याय सम्पादनमा बिचौलियाहरूको विगविगी, विसङगति, विकृतिको विषयमा बारले पटक–पटक प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराउँदा पनि प्रधानन्यायधीशबाट सुनुवाइ नभएको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले न्यायपालिका सुधारको लागि प्रधानन्यायाधीश जवराको वर्हिगमन हुनुपर्ने दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्