
काठमाडौं, माघ २४ । ईमेज च्यानल उदयपुर जिल्लाका सम्वाददाता केदार कटवालको सोमबार निधन भएको छ ।
सडक दुर्घटनामा गम्भीर घाइते भै विराटगरमा उपचाररत कटवालको सोमबार साँझ निधन भएको हो ।
विगत लामो समयदेखि ईमेज च्यानलमा आवद्ध रहदै आउनुभएका ५० वर्षीय कटवालको श्रीमती र दुई छोरा हुनुहुन्छ ।
कटवाल पत्रकार महासंघ उदयपुर जिल्लाका पूर्वउपाध्यक्ष समेत रहिसक्नुभएको छ ।
उहाँको निधनले ईमेज च्यानल र नेपाली पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्