
काठमाडौं, माघ २४ । जगदम्बा स्टिलले आफ्ना उत्पादन तेस्रो देशमा निर्यात थालेको छ ।
कम्पनीले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको जनाएको छ ।
जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा सिट’हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुलिंदै गएको कम्पनीको दाबी छ ।
आफ्ना उत्पादनको दक्षिण पूर्वी, मध्यपूर्वी एसियाली देश तथा दक्षिण अफ्रिकामा उच्च माग रहेको कम्पनीले जनाएको छ ।
शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालले गुणस्तरप्रति आफुहरु सदैव प्रतिवद्ध रहेको भन्दै नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा आफुहरुले निकै गौरवको महशुस गरेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्