
काठमाडौं । क्यानाडाको अदालतले ट्रक चालकहरुलाई आन्दोलनकै क्रममा लगातार रुपमा हर्न नबजाउन आदेश दिएको छ ।
आपतकालकाबीच क्यानाडाको राजधानी ओटावामा ट्रकचालकहरुले प्रदर्शनको स्वरुप परिवर्तन गरी लगातार रुपमा हर्न बचाउन थालेपछी अदालतको यो आदेश आएको हो ।
न्यायाधिश म्याक्लिनले १० दिन सम्म आन्दोलन बन्द गरी मौन बस्न प्रदर्शनकारीहरुलाई आग्रह गरेका छन् । लगातारको बजाइएको हर्नले क्यानाडाका जनतामा आतंक सिर्जना भएको भन्दै उनले आदेश पालना नगरे गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् ।
तर ट्रक चालकहरुले भने आफुहरुको माग पुरा नभएसम्म प्रदर्शन जारी नै रहने अडान राखेका छन् । कोरोनाविरुद्ध खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने लगायतका नियमप्रति असन्तुष्ट ट्रक चालकहरुले प्रदर्शन गरिरहेका छन् ।
क्यानाडामा ट्रक चालकको संख्या १ लाख २० हजार रहेको र ती मध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेको तथ्यांक छ । ट्रक चालकले संसद भवन वरपरका सडकमा ट्रक राखेर यातायात सेवा अवरुद्ध पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्