१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाजुराको हिमाली गाउँपालिकाद्वारा धुलोमुक्त विद्यालय अभियान सुरु


104
Shares

बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले धुलोमुक्त विद्यालय अभियान सुरु गरेको छ ।

गुणस्तरीय शिक्षा हासिल गर्न शैक्षिक वातावरण पनि स्वस्थकर चाहिने र धुलो र चिसो भुइँमा बसेर विद्यार्थीहरुले अध्ययन गर्नु पर्ने बाध्यताले गुणस्तरीय शिक्षा हासिल नहुने भन्दै धुलो मुक्त विद्यालय अभियान अघि सारेको हिमाली गाउँपालिकाले जनाएको छ ।

ग्रामीण क्षेत्रमा रहेका अधिकांस विद्यालयमा अध्ययन गरिरहेका अधिकांस विद्यार्थीहरु बस्ने डेस्क बेन्च र ओछ्याउने कार्पेटको अभावले गर्दा धुलो भुइँमा बसेर बालबालिकाले अध्ययन गर्न बाध्य छन् ।

उनीहरुले प्राप्त गर्ने शैक्षिक स्थिति समेत राम्रो नहुने समस्यालाई मध्यनजर गर्दै सो योजना अगाडी बढाइएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भएको हो ।

हिमाली गाउँपालिकाका अधिकांस बस्तीहरु ग्रामीण क्षेत्रमा रहेका र समुदायस्तरका बालबालिकाहरुले पठनपाठन गर्ने विद्यालयमा प्रयाप्त मात्रामा भौतिक संरचनाको अभावका कारण चिसो भुइँमा बसेर बालबालिकाले अध्ययन गर्दै गर्दा त्यसको प्रत्यक्ष असर विद्यार्थीहरुमा पर्ने गरेको छ ।

उनीहररुमा निमोनिया लगायतका रोगहरु लिएर घर फर्किने समस्या बढ्दै गएको छ । गाउँपालिकाको आफ्नै श्रोतबाट गाउँपालिकाका सबै विद्यालयलाई आवश्यक भौतिक संरचना वितरण गरेको कार्यालय प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भयो ।

सो गाउँपालिको हाता सभत्रमा कुल २२ ओटा विद्यालयमा ३ हजार ५ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको उहाँले बताउनु भएको हो ।

सबै विद्यार्थीलाई पुग्ने गरी प्रारम्भीक बालकक्षादेखि ३ कक्षा सम्मका बालबालिकाका लागि एक हजार ५० मिटर कार्पेट र कक्षा ३ देखि १२ कक्षा सम्मका विद्यार्थीका लागि ७ सय भन्दा बढी डेस्क बेन्च वितरण गरिएको उहाँले बताउनु भयो ।

अब विद्यार्थीले धुलो र चिसो भुइँमा बसेर अध्ययन गर्नु नपर्ने प्रशासकीय अधिकृत राज बहादुर भण्डारीको दावी छ ।