
काठमाडौं । ललितपुर महानगरपालिका-१६ कलाकार समिति र कुटुम्ब ब्याण्डले संयुक्त रुपमा सांगीतिक कार्यक्रम ‘सःया जः’ अर्थात ‘द लाइट अफ म्यूजिक’ को आयोजना हुने भएको छ ।
ललितपुरमा एक कार्यक्रमको आयोजना गरि ‘सःया जः’ को घोषणा गरिएको छ ।
विभिन्न पर्वहरुको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना तथा वडाका नव कलाकारहरुको खोजीका लागि कार्यक्रम आयोजना गरिएको समितिका संयोजक सुरजवीर बज्राचार्यले जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिका–१६ वडा अध्यक्ष निर्मलरत्न शाक्यले स्थानीय संगीतप्रति समर्पित ‘सःया जः’ मा वादन तथा गायन समावेश हुने जानकारी दिनुभयो । उहाँले वडाले यो बाहेक नव कलाकार उत्पादनका लागि ‘कला पाठशाला’ को थालनी गर्ने समेत जानकारी दिनुभयो ।
नेवाः परम्परागत तथा आधुनिक संगीत तथा यस क्षेत्रमा समर्पित कलाकारहरुका लागि निर्माण गरिएको यो कार्यक्रम नेपाः च्यानलबाट प्रशारण हुनेछ ।
वडा १६ ले गायन तथा नृत्य विधाका उत्कृष्ट १० प्रतिस्पर्धीहरुलाई प्रशिक्षण दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्