१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बुधबारसम्म खोपको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन


91
Shares

काठमाडौं, माघ २५ । स्वास्थ्य मन्त्रालयले बुधबारसम्म कोरोनाविरुद्ध खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

कोरोनाविरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसिमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको हो ।

छानबिन समितिले ६ जिल्लाका स्वास्थ्य कार्यालय र १ सय ९ स्थानीय तहलाई भोलिसम्म विवरण बुझाउन निर्देशन दिएको बताइएको छ ।

मन्त्रालयले खोपको एकीन तथ्याङ्क नभेटेपछि यही माघ १६ गते मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

यसअघि समितिले यही माघ २१ गतेभित्र ताल्लुक सबैलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको थियो ।