
इलाम, माघ २५ । मेची राजमार्गमा पर्ने इलाम जिरो किलोमिटर– धोबीधारा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
इलाम नगरपालिकामा पर्ने धोबीधारा सडकखण्ड भत्किएर अवरुद्ध बनेको लामो समय भएको थियो । अवरुद्ध सडकको भित्ता खनेर एकतर्फी सवारी साधन गुड्न थालेको इलामका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
गत असोज १६ गते सुख्खा पहिरो गएपछि सडकको आधाभन्दा बढी भागमा क्षति पुगेको थियो । राजमार्ग अवरुद्ध भएपछि पुर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङसम्मका सवै सवारीसाधन इलाम बजार भएर सञ्चालन भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्