
काठमाडौं, माघ २५ । चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ ।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा बाहिर ल्याउने बताउनुभएको हो ।
उहाँले कुनै रिपोर्टको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताउनुभयो । मन्त्री कार्कीले सरकार छिमेकी देशहरूसँग सीमा समस्या आउन नदिनको लागि प्रयत्नशील रहेको पनि उल्लेख गर्नुभयाे ।
त्यस्तै, पत्रकारको राष्ट्रपति चुरे संरक्षण तराई मधेश समितिका पदाधिकारी पदमुक्त गरेको प्रश्नमा मन्त्री कार्कीले समाचार प्रकाशन गर्ने सञ्चारमाध्यम नै जिम्मेवार रहने बताउनुभयो ।
प्रवक्ता कार्कीले भारत र चीनसँगको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने पनि उल्लेख गर्नुभयाे ।
प्रतिक्रिया दिनुहोस्