११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


‘चपली हाईट ३’ फागुन १ गतेबाट पुनः प्रदर्शन हुने


117
Shares

काठमाडौं । चलचित्र ‘चपली हाईट ३’ पुनः प्रदर्शन हुने भएको छ ।

गएको पुस ३० गतेबाट प्रदर्शन भइरहेको चलचित्र सरकारले जारी गरेको निषेधाज्ञाका कारण बन्द भएकोमा पुनः फागुन १ गतेबाट हल खुल्ने भएपछि चलचित्र फेरि प्रदर्शन गर्न लागिएको निर्माता अर्जुन कुमारले जानकारी दिए ।

कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र भएसँगै सरकारले सिनेमा हल लगायत मानिसहरूको जमघट हुने स्थान बन्द गर्ने निर्णय गरेको थियो । सरकारले हल बन्द गर्ने निर्णय गरेको समयमा चलचित्र ‘चपली हाईट ३’ प्रदर्शनरत थियो ।

निर्मातो अर्जुन कुमारले आफूल्े दोस्रो मौका पाएको बताउँदै चलचित्र हेरेर माया गरिदिन दर्शकसमक्ष अपिल गरेका छन् । साथै उनले प्रदर्शक र मिडियालाई पनि चलचित्रलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।