११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


‘योगले सम्पूर्ण समाजलाई भय र तनाबबाट बचाउ छ’


0
Shares

काडमाडौं, फागुन ९ । महाशिवरात्री पर्वको अवसरमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र काठमाण्डौंले प्रवचन तथा शान्ती पदयात्राको आयोजना गरेको छ ।

कार्यक्रमा प्रमुख अतिथी पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले योगको माध्यमबाट सम्पूर्ण समाजलाई भय र तनाबबाट बचाउन महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरे ।

कार्यक्रमका ब्रम्हकुमारी राजदिदी लगायतका बक्ताहरुले शिवरात्री पर्वको महिमाबारे धारणा राखेका थिए । त्यसअवसरमा विभिन्न नृत्य तथा नाटक प्रस्तुत गरिएको थियो ।

यसअघि झाँकीसहित निस्किएको शान्ति र्‍यालीले नगरका विभिन्न ठाउँको परिक्रमा गरेको थियो ।